२५ थान रिट निवेदन खारेज



काठमाडौं, (नेस) ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको माग गरी दायर भएका २५ थान रिट निवेदन बुधबार खारेज गरेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउन माग गरी दायर भएका अन्य ४ थान रिट निवेदन पनि सर्वोच्चबाट खारेज भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा र न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र डा.आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले ती रिट निवेदन खारेज गरेको हो ।

सो इजलासले प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा दायर गरिएको रिट निवेदनमा २५ थान रिट निवेदनमा माग गरिए झैं आदेश भइसकेको जनाई ती रिट निवेदन खारेज गरेको हो । त्यस्तै अन्य चार थान रिट निवेदन पनि सोही व्यहोरा जनाई खारेज भएको बताइएको छ । ती रिट निवेदनको पूर्ण पाठ पछि आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्