ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्किएकालाई सहुलियत कर्जा दिने



काठमाडौं, (नेस) ।

ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउनका लागि अंकुर नेपालसँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैंकका प्रमुखकार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गर्नुभएको छ । कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आयआर्जनलाई स्वदेशमा व्यवसाय तथा रोजगारी सिर्जना गर्न उत्प्रेरित गर्ने उद्देश्य लिएका व्यवसायीलाई सहयोग गर्ने सहमति भएको हो । ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा २८० शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्