सीसीडी रेसियो खारेज



काठमाडौं, (नेस) ।

नेपाल राष्ट्र बैंकले कर्जा–स्रोत अनुपात (सीसीडी रेसियो) खारेज गरेको छ । मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले सो नीति ल्याएको हो ।

मौद्रिक नीतिले सीसीडी रेसियोको साटो बैंक तथा वित्तीय संस्थाले २०७९ असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) अधिकतम् ९० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यसलाई पुँजी कोष र पुँजी कोषको अंगको रुपमा रहेको ऋणपत्र बाहेकका ऋणपत्र र सापटीलाई उपरोक्त बमोजिमको कर्जा–निक्षेप अनुपातमा समायोजन गर्न सकिने जनाएको छ । बैंक तथा वित्तीय संस्थाले सीसीडी रेसियो खारेज गर्नुपर्ने माग गर्दै आएका थिए । उनीहरूले सीसीडी रेसियो वास्तविक तरलताको स्थिति स्पष्ट नगर्ने तर्क थियो । बैंकहरूले कर्जा प्रवाह गर्दा सीसीडी रेसियो ८५ प्रतिशतभित्र रहेर गर्नुपर्ने स्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्