महासंघ र मेगा बैंकबीच सम्झौता



काठमाडौं, (नेस) ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंक नेपालबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्घिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । महासंघ र बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता भएको हो । महासंघका अध्यक्ष श्यामप्रसाद गिरी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

उक्त कार्यक्रममा अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पु¥याउन सहज हुने बताउनुभयो । बैंककी प्रमुख कार्यकारी अधिकृत खुजेलीले सम्झौताबाट लघु, घरेलु तथा साना उद्योगी लाभान्वित हुने अपेक्षा गर्नुभयो । महासंघ र बैंकबीच भएको सम्झौता अनुसार १० थरीका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिने सम्झौतापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्