जिल्ला अस्पतालमा आइसोलेन वार्ड



डोटी, (नेस) । 

कोरोना सङ्क्रमित देखिए उनीहरुको सहज उपचार होस् भनी जिल्ला अस्पताल डोटीमा दश शैय्याको आइसोलेसन वार्ड निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त आइसोलेसन वार्ड निर्माण गरिएको हो ।

जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटका अनुसार सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको ४० लाख विनियोजित बजेटमध्ये १८ लाखमा उक्त शैय्याको आइसोलेसन वार्ड निर्माण गरिएको हो । बाँकी रहेको रकमबाट अन्य आइसोलेसन वार्डहरु निर्माण गरिने उहााले जनाउनुभयो । उक्त नयाँ आइसोलेसन वार्डको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले बुधबार उद्घाटन गर्नुभएको थियो । आइसोलेसन वार्ड उद्घाटन गर्नुहुँदै मन्त्री खड्काले कोरोना रोकमथाम र नियन्त्रणका लागि सम्पूर्ण तयारी गरी रहेको बताउनुभयो ।

विगतमा अस्पातलमा वार्ड अभावमा कोभिडका बिरामीको उपचारमा निकै समस्या भएको भए पनि अहिले वार्ड निर्माण भएका कारण बिरामी राख्नका लागि निकै सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका नौ वटै स्थानीय तहमा रहेका सरकारी अस्पतालमा पनि पालिकाको समन्वयमा थप आइसोलेसन वार्डहरु निर्माण गर्ने क्रमलाई तीव्रता दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्