गाउँ–गाउँ कृषि अनुदान



नेपाल समाचारपत्र, पाल्पा ।

जिल्लाको तिनाउ गाउँपालिकाले स्थानीय मुनाल गाईं फर्मलाई केही समय पहिले मिल्किङ ९दूध दुहुने मेसिन० हस्तान्तरण ग¥यो । गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरका अनुसार गाउँपालिकाले ३ लाख बराबर मिल्किङ मेसिन ५० प्रतिशत अनुदानमा हस्तान्तरण गरेको हो ।

पम्परागत रूपमा गरिने कृषि कर्मलाई आधुनिकीकरण गर्नका लागि मेसिन प्रदानसँगै कृषकको कार्यशैली बदलिएको छ । अनुदान र सहयोगमा स्थानीय तहबाट वितरित कृषि सामग्रीले कृषिमा आधुनिकीकरण र कृषकको दैनिकीमा फेरवदल ल्याएको यो उदाहरण हो । यस कार्यबाट कृषकलाई दूध दुहुन मेहनत लाग्दैन मेसिनद्वारा सहजै र कम समयमा कृषकले सीधैं क्यानमा दूध संकलन गर्न सक्छन् । फर्मका सञ्चालक गोपाल जिसीले यो कार्यसँगै पशु पालनमा आधुनिकीकरण भएको छ र कृषकले राहतको अनुभव गरेका छन् ।

त्यस्तै गाउँपालिकाले सबैभन्दा ठूलो फाँट कचलफाँटको लागि धान ब्लक क्षेत्र घोषणा गरी प्रदेश सरकारसँग धान ब्लक कार्यक्रम मागअनुसार मिनिटेलर वितरण गरेको छ । कार्यक्रम कृषि ज्ञान केन्द्रमार्फत् स्थानीय कृषि सहकारीसँग समन्वय गरी करिब ४५ लाखको कार्यक्रममध्ये ५० प्रतिशत अनुदानमा बितरण गरिएको हो । कृषकलाई कृषिमा यान्त्रिकरणको माध्यमबाट कृषिमा आधुनिकीकरण गर्र्दै कृषकलााई कृषिमा आत्मनिर्भर बनाउन यो कार्य गरिएको अध्यक्ष घर्तीमगरले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत कृषकलाई बंगुरको बच्चा वितरण गरेको छ । गाउँपालिकाले वडा नं २ खुर्सानेको दलित बस्तीमा २० घर परिवारलाई करिब ३२ वटा बंगुर बच्चा बितरण गरेको हो । कार्यक्रमअन्र्तगत सिमान्तकृत, दलित कृषक आयआर्जन शीर्षकबाट कृषकलाई आयआर्जन कार्यमा जोड्ने हेतुका साथ बंगुर बच्चा बितरण गाउँपालिकाले जनाएको छ ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट बाख्रा वितरण, भैंसी वितरण, कृषि क्षेत्रमा पालिकाका ८ वटै वडामा सञ्चालित छ, यसबाहेक बाख्रा पकेट क्षेत्रमा बाख्रा पाठापाठी वितरण, भैंसीका पाडापाडी वितरण, मौरी घार वितरण,बंगुरको पाठापाठी वितरण,कृषि जन्य सामग्री हस्तान्तरण लगायतका कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले बताउनुभयो ।

त्यस्तै जिल्लाको रैनादेबी छहरा गाउँपालिकाले पनि कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाले पालिकाका ८ वटै वडामा करिब ४५ लाख बजेटमाका ट्याक्टर वितरण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीका अनुसार कृषिमा आधुनिकीकरण गरी पालिकाका कृषकलाई आत्मनिर्भर बनाउनका लागि गाउँपालिका अगाडि बढेको छ ।

रिब्दीकोट गाउँपालिकाले पनि युवा तरकारी उद्यमी समूहलाई कृषिजन्य सामग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले टनेल प्लास्टिक, थोपा सिँचाइ पाइप र ड्रम, मल्चिङ तथा बिउ बिजनलगायतका सामग्री हस्तान्तरण गरेको छ । गाउँपालिका अध्यक्ष नारायण जिसीले गाउँपालिकाले कृषकहरूले उत्पादन गरेको कृषि उपजमा वृद्धि गर्नका लागि आधुनिक कृषि सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । उहाँका अनुसार कृषिमा आधुनिकरण गरी नागरिकलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्