साढे ५४ करोड रकम फ्रिज

1.03k
Shares

दिलकुमार लिम्बु, ताप्लेजुङ ।

गत आर्थिक वर्षमा ताप्लेजुङमा विनियोजित बजेटमध्ये साढे ५४ करोड रुपियाँफ्रिज भएको छ । जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा साढे ५४ करोड रुपियाँ बजेट फ्रिज भएपछि सरकारको केन्द्रीय खातामा फिर्ता भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल दुर्गाप्रसाद थापाका अनुसार गत आवमा कुल ५४ करोड ४९ लाख ७८ हजार ४८३ रुपियाँ रकम फ्रिज भएको छ । फ्रिज भएको रकममध्ये सबैभन्दा बढी पुँजीगततर्फको ३१ करोड ८८ लाख ५ हजार ४६० रुपियाँ रहेको छ । पुँजीगतमध्ये पनि संघतर्फको १७ करोड १५ लाख ९१ हजार ४२ रुपियाँ र प्रदेशतर्फको १४ करोड ७२ लाख १४ हजार ४१७ रुपियाँ फ्रिज भएको थापाले जानकारी दिनुभयो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार पुँजीगततर्फ प्रदेशको बजेट आधाभन्दा कम ९४८ दशमलव ६५ प्रतिशत० मात्र खर्च भएको छ । कुल २८ करोड ६६ लाख ६१ हजार बजेटमध्ये १३ करोड ९४ लाख ४६ हजार ५८२ रुपियाँ खर्च भएको कोलेनिकाले जनाएको छ । संघतर्फ भने पुँजीगत बजेट करिब ७६ प्रतिशत अर्थात ६८ करोड ८८ लाख ७० हजार कुल बजेटमा ५१ करोड ७२ लाख ७८ हजार ९५८ रुपियाँ खर्च भएको छ ।

यस्तै चालूतर्फ संघ र प्रदेशको बजेट गरी कुल २२ करोड ६१ लाख ७३ हजार २४ रुपियाँ फ्रिज भएको छ । संघीय बजेट १४ करोड ९१ लाख २३ हजार ८५४ र प्रदेशको सात करोड ७० लाख ४९ हजार १७० रुपियाँ बजेट फ्रिज भएको कोलेनिकाले जानकारी दिएको छ । कार्यालयका अनुसार चालूतर्फको सङ्घीय बजेट चार अर्ब आठ करोड ९४ लाख सात हजार ८० रुपियाँमध्ये तीन अर्ब ८९ करोड १८ लाख २३ हजार २२५ रुपियाँ ९९६ दशमलव ३१ प्रतिशत० खर्च भएको छ ।

प्रदेशतर्फ ३५ करोड २१ लाख ५७ हजारमध्ये २७ करोड ५१ लाख ७ हजार ८३१ रुपियाँ ९७८ दशमलव १२ प्रतिशत० खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल थापाले जानकारी दिनुभयो ।