नेपाल समाचारपत्र, काठमाडौं ।
जलविद्युत् कम्पनीप्रति लगानीकर्ताहरू आकर्षित भएको यो साता नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा उल्लेख्य सुधार भएको छ । यस साता नेप्से २७ दशमलव ६२ अंकले बढेर ३१०७ दशमलव ४५ बिन्दुमा पुगेको छ । साताभरको कारोबारमा नेप्से परिसूचक ३१२३ दशमलव १५ बिन्दुसम्म पुगेको भए पनि एक दिन १६ अंकको करेक्सन हुँदा परिसूचक ३१०७ दशमलव ४५ बिन्दुमा सीमित भएको हो ।
साताभर २२६ कम्पनीको कुल १० करोड ४० लाख २४ हजार कित्ता शेयर ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार रुपियाँमा कारोबार भएको छ । अघिल्लो साताको तुलनामा कारोबार रकम भने घटेको छ । तर, नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ५३ अर्ब रुपियाँले वृद्धि भई ४३ खर्ब ३७ अर्ब रुपियाँ पुगेको छ । यस साता जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरै ७ दशमलव ६५ प्रतिशत बढेको छ ।
गत साता ३२१३ दशमलव ११ बिन्दुमा रहेको यो समूहको परिसूचक २४५ दशमलव ८९ अंक बढेर ३४५९ बिन्दुमा पुगेको छ । जलविद्युत् कम्पनीहरूको संस्थापक शेयर साधारण शेयरमा परिणत हुन थालेका कारण जलविद्युत्को शेयर मूल्यवृद्धि भएको विश्लेषकहरूको भनाइ छ । संस्थापक लगानीकर्ताले साधारण शेयरमा रुपान्तरण गर्दा मूल्य बढेको अवस्थामा सर्वसाधारण जलविद्युत्को शेयर मूल्य बढेको भन्दै उत्साहित भएका छन् ।
त्यस्तै अंकका आधारमा भने यस लघुवित्त समूहको बढेको छ । यो समूह २५१ दशमलव २६ अंक बढेर ५८२२ दशमलव ४१ बिन्दुमा पुगेको छ । तर, यस साता होटल तथा पर्यटन समूहको परिसूचक भने ४ प्रतिशत घटेको छ । अंकका आधारमा भने निर्जीवन बीमा समूहको सबैभन्दा धेरै ३३५ दशमलव ८४ अंक घटेको छ । साताभरमा जीवन विकास लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ५२ दशमलव २८, प्रतिशतले बढेको छ । त्यस्तै घलेम्दी हाइड्रोपावरको ३९ दशमलव शून्य ३, फस्ट माइक्रोफाइनान्सको ३२ दशमलव ४०, कालिका पावर कम्पनीको २९ दशमलव ९१, आँखु खोला जलविद्युत् कम्पनीको २२ दशमलव ५५ र दिव्यश्वरी हाइड्रोपावरको २० दशमलव ४४ प्रतिशतले शेयर मूल्य बढेको छ । समग्र परिसूचकमा उच्च अंकको वृद्धि भएको साता चन्द्रागिरी हिल्स ७ दशमलव ९४, प्रभु इन्स्योरेन्स ६ दशमलव ३७, गुडविल फाइनान्स ६ दशमलव १५, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ५ दशमलव २९ र ग्लोबल आइएमई लघुवित्रको शेयर मूल्य ४ दशमलव ५४ प्रतिशतले घटेको छ ।
साताको पहिलो दिन आइतबार नेप्से १ दशमलव २५ अंकले बढेको थियो । दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक झिनो अंक अर्थात ४ दशमलव शून्य ६ अंकले बढ्यो । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचकले कीर्तिमान कायम गरेको थियो । २६ दशमलव शून्य २ अंकले बढेर यस दिन नेप्से ३१११ दशमलव शून्य ९ मा पुग्यो ।
त्यस्तै साताको चौथो दिन बुधबार पनि नेप्सेमा अर्को इतिहास कायम भयो । त्यसदिन १२ दशमलव शून्य ५ अंकले बढेर ३१२३ दशमलव १४ बिन्दुमा पुग्यो । जुन अहिलेसम्मकै उच्च बिन्दु हो । तर, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा १६ अंकले घटेर ३१०७ दशमलव ४५ बिन्दुमा झरेको छ ।
प्रतिक्रिया