सरस्वती न्यौपाने, रसुवा ।
जिल्लाको सदरमुकाम धुन्चेमा रहेको एक मात्र सभाहल भूकम्प गएको छ वर्ष बित्यो अझ पनि पुनर्निर्माण हुन सकेको छैन । तत्कालीन जिल्ला विकास समिति र अहिलेको जिल्ला समन्वय समिति रसुवाको मातहतमा रहेको सभाहल पुनर्निर्माणका लागि संघ, प्रदेश तथा स्थानीय सरकारले चासो नदिँदा खण्डहरमा परिणत भएको छ ।
सभाहल बनाउन भएको बिस्तृत परियोजना प्रतिवेदनमा करिब ४० करोड रूपियाँ लागत अनुमान गरिएको छ । २०३२ सालमा निर्माण भएको सभाहल तत्कालै पुनर्निर्माण गरिनुपर्ने स्थानीयको माग छ ।
जिल्लाकै गहनाको रूपमा रहेको सभाहल अहिले घोडा बाध्ने तबेला बाख्रा बाध्ने खोर बनेको छ । सभाहल नबन्दा सभा गोष्ठी जस्ता कार्यक्रम खुल्ला आकाशमुनि गर्न बाध्य भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले वताउनुभयो ।
पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर रसुवा आउँदा सभाहल हेरेर अब छिट्टै बन्छ भनेर जानू भए पनि आजसम्म बन्ने सुरसार छैन । तामाङले भन्नुभयो– ‘४० करोड अनुमान गरिए पनि वार्षिक ५ –१० लाख रूपियाँ मात्र बजेट विनियोजन हुँदै आएको छ ।











प्रतिक्रिया