ग्लोबल आइएमइ बैंक धादिङबेसीमा


धादिङ ।

ग्लोबल आइएमइ बैंकले धादिङबेसीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।नेपालभर शाखा रहेको ग्लोबल आइएमइ बैंकले धादिङबेसीमा शाखा शुभारम्भ गरेपछि धादिङबेसी र उत्तर धादिङको क्षेत्र समेट्ने छ ।

कोरोना महामारीको समयमा बैंकको शाखा विस्तारले बैंकको सेवा विस्तार मात्र नभएर आफ्ना ग्राहकहरुलाई सेवा दिनेछ ।ग्लोबल आइएमइ बैंकको धादिङबेसी समेत २ सय ८० शाखा, ४७ बिस्तारित काउण्टर, २ सय ५७ ओटा शाखा रहित सेवा केन्द्र संचालन गरिरहेको धादिङबेसी शाखाका प्रमुख बिमला केसीले बताउनुभयो ।

नेपाल बाहिर अस्ट्रेलिया, भारत र बेलायतमा प्रतिनिधि शाखा रहेको ग्लोबल आइएमइ बैंकले २ सय ४९ ओटा एटिएमबाट सेवा दिइरहेको छ । ग्लोबल आइएमइ बैंक क वर्गको वाणिज्य बैँक हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।