ग्लोबल आइएमई बैंकको थप ७ नयाँ शाखा खुले



काठमाडौं, (नेस) ।

ग्लोबल आइएमई बैंकले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र असन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुरको गठ्ठाघर एव्म धादिङको धादिङबेसीस्थितमा एकैसाथ सात नयााँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या २८० पुगेको छ ।

बैंकले ७६ जिल्लामा २८० शाखासहित २४८ एटीएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २५७ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्