जापानमा बनेको एस्ट्राजेनेकाको १६ लाख मात्रा छिट्टै नेपाल आइपुग्ने



काठमाडौं, (नेस) ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले कोभ्याक्स सुविधाअन्तर्गत जापानमा बनेको कोरोनाविरुद्धको खोप एस्ट्राजेनेकाको १६ लाख मात्रा छिट्टै नेपाल आइपुग्ने बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग बुधबार मन्त्रालयमा शिष्टाचार भेट गर्ने क्रममा राजदूत किकुताले यस्तो जानकारी दिनुभएको हो । भेटमा उहाँले राज्यमन्त्री श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनुभएकोमा बधाई दिँदै नेपाल सरकारको खोप अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा राजदूत किकुताले नेपालका विभिन्न अस्पताललाई जापानले स्वास्थ्य उपकरणहरू उपलब्ध गराउँदै आएको जानकारी दिँदै केही महिनाभित्र जापानमा बनेको एम्बुलेन्सहरू पनि अस्पतालका लागि सहायतास्वरूप आउन लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्