नेप्सेमा फेरि रेकर्ड ब्रेक



काठमाडौं, (नेस) ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार नयाँ इतिहास कायम गरेको छ । २६ दशमलव शून्य २ अंकले बढेको नेप्से ३१११ दशमलव शून्य ९ बिन्दुमा पुग्दै हालसम्मकै उच्च बिन्दुको रेकर्ड कायम गरेको हो । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ४३ खर्ब ४२ अर्ब २३ करोड २७ लाख रुपियाँ पुगेको छ ।

मंगलबार कुल २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार कित्ता शेयर ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार रुपियाँमा कारोबार भएको छ । त्यस्तै युनिलिभर नेपाल, नबिल ब्यालेन्स फन्ड, एनआईबीएल प्रगति फन्ड, ग्रिन डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । कारोबारका आधारमा अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको ४६ करोड ८२ लाख रुपियाँको कारोबार भएको । यस्तै, ङादी ग्रुप अफ पावरको ४३ करोड ३२ लाख, फस्ट माइक्रो फाइनान्सको ३३ करोड ८६ लाख, स्वाभिमान लघुवित्तको ३० करोड चार लाख र निर्धन उत्थान लघुवित्तको २९ करोड ६६ लाख रुपियाँको कारोबार भएको छ ।

यसदिन पाँचथर पावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । यस्तै जीवन विकास लघुवित्त ९ दशमलव ९९ र युनियन लाइफ इन्स्योरेन्सको शेयर ९ दशमलव ९८ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । घलेम्दी हाइड्रोपावर लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्