यातायात कार्यालयद्वारा १० करोड बढी राजस्व संकलन



कृष्णउदास खनाल, वीरगन्ज ।

यातायात व्यवस्था कार्यालय वीरगन्जले १० करोड ६९ लाख ९० हजार राजस्व संकलन गरेको छ । यातायात व्यवस्था कार्यालयका प्रमुख सुशीलकुमार साहका अनुसार कार्यालयले लाइसेन्स नवीकरणवापत ७ करोड १६ लाख २१ हजार, प्रतिलिपिवापत ८ लाख ६५ हजार, नवीकरण र प्रतिलिपि शीर्षकमा ६० लाख ३७ हजार, नयाँ लाइसेन्सबापत १ करोड ७१ लाख ६२ हजार, वर्ग थप शीर्षकमा १७ लाख ६१ हजार, नयाँ दर्ता दस्तुरमा ७६ लाख ७३ हजार, थप दर्ता दस्तुरमा १८ लाख ७० हजार गरी कुल १० करोड ६९ लाख ९० हजार राजस्व संकलन गरेको छ । प्रमुख सुशीलकुमार साहका अनुसार गत आवको साउनमा १२ लाख ४७ हजार, भदौमा शून्य, असोजमा १ करोड ५ लाख २५ हजार, कात्तिकमा ७६ लाख ३ हजार, मंसिरमा ९९ लाख २९ हजार, पुसमा १ करोड २८ लाख ८५ हजार, माघमा १ करोड ६० लाख २५ हजार, फगुनमा १ करोड ३७ लाख ९ हजार, चैतमा १ करोड ९८ लाख ४८ हजार, वैशाखमा ६७ लाख ६७ हजार, जेठमा शून्य, असारमा ८४ लाख ४९ हजार गरी १० करोड ६९ लाख राजस्व संकलन भएको हो । कोरोना महामारीको कारणले गत आवको भदौ र जेठमा राजस्व संकलनमा असर पुगेको उहाँले बताउनुभयो ।

कार्यालयले अघिल्लो आर्थिक २०७६/७७ मा ८ करोड २२ लाख ८६ हजार संकलन गरेको थियो । सो अवधिमा कार्यालयले नयाँ लाइसेन्सवापत २ करोड ४ लाख ५६ हजार, थप लाइसेन्स शीर्षकमा २० लाख ९३ हजार, नवीकरण प्रतिलिपि शीर्षकमा ३८ लाख ५६ हजार, प्रतिलिपिमा ८ लाख ९० हजार, नवीकरण शीर्षकमा ३ करोड ७४ लाख ५२ हजार, नयाँ दर्तामा १ करोड ३८ लाख १७ हजार, थप दर्तामा ३६ लाख ५० हजार गरी ८ करोड २२ लाख १५ हजार राजस्व संकलन गरेको थियो । आव २०७५/७६ मा १२ करोड १६ लाख ५५ हजार राजस्व संकलन गरेको थियो भने २०७४/७५ मा १३ करोड ९९ लाख ५५ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्