एनएमबि बैंकले नेक्सन ईभी गाडी खरिदमा कर्जा दिने



काठमाडौं, (नेस) ।

एनएमबि बैंकले विद्युतीय गाडी नेक्सनको लागि बेस रेटमा शून्य प्रतिशत प्रिमियमसहित कर्जा प्रवाह गर्ने गरी सिप्रदी ट्रेडिङ प्रालिसँग समझदारी गरेको छ ।

यस योजनाअन्तर्गत ८ लाख डाउन पेमेन्टमै ८० प्रतिशत फाइनान्सिङसहित २४ घण्टाभित्र कर्जा प्रवाह हुने बैंकले जानकारी दिएको छ । नेक्सन ईभी अहिले मुलुकभर रहेका टाटा मोटर्स्का शोरुमहरूमा अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आएको छ । एनएमबि बैंकले १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया दिनुहोस्