यातायातको नयाँ भाडादर लागू



खोटाङ, (नेस) ।

जिल्लामा सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले वृद्धि गरिएको छ । जिल्लाका यातायात व्यवसायीले मंगलबार अर्थात साउन १९ गतेदेखि लागू हुने गरी नयाँभाडा दर सार्वजनिक गरेका हुन् ।

सोमबार सार्वजनिक गरिएको भाडादर अनुसार अब दिक्तेलबाट काठमाडौँ , इटहरी र धरान जानका लागि १ हजार ५ सय ३६ रुपियाँ बस भाडा लाग्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । यस्तै दिक्तेल–विराटनगर १ हजार ६ सय, दिक्तेल–काँकडभित्ता १ हजार ७ सय २८ र दिक्तेल–गाईघाट १ हजार २४ रुपियाँ भाडादर निर्धारण गरिएको छ ।

यसैगरी जिपतर्फ दिक्तेल–काठमाडौं १ हजार ८ सय ५६, दिक्तेल–इटहरी २ हजार २ सय, दिक्तेल–धरान २ हजार २ सय ४०, दिक्तेल– विराटनगर र दिक्तेल–काँकडभिट्टा २ हजार ३ सय ४ र दिक्तेल–गाईघाट १ हजार ५ सय ३६ रुपियाँ भाडादर कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्