नेप्सेमा झिनो सुधार



काठमाडौं, (नेस) ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा भने सामान्य सुधार देखिएको छ । यस दिन नेप्से १ दशमलव २५ अंकले बढेर ३०८१ द्यशमलव शून्य ५ बिन्दुमा पुगेको छ । कुल २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार कित्ता शेयर १२ अर्ब १० करोड ३८ लाख ७१ हजार रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण ४२ खर्ब ८५ अर्ब ८४ करोड ४५ लाख ७३ हजार रुपियाँ पुगेको छ ।

कारोबारका आधारमा नेसनल हाइड्रोपावर अग्रस्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड ६ लाख ५३ हजार रुपियाँको कारोबार भएको छ । यस्तै युनाइटेड मोदीको ३५ करोड ३९ हजार, सिनर्जी पावरको ३२ करोड १२ लाख पाँच हजार, ङादी ग्रुप अफ पावरको ३० करोड ४६ लाख ९९ हजार र युनिभर्सल पावरको २९ करोड ३९ लाख ८९ हजार रुपियाँको शेयर कारोबार भएको छ । यस दिन जलविद्युत् समूहको शेयर ७९ दशमलव ९१ अंकले वृद्धि भएको छ । व्यापार समूह ७०ं दशमलव ६५, लघुवित्त ६५ दशमलव २१ र उत्पादन समूहको शेयर ३४ दशमलव ७८ अंकले बढेको छ । यस्तै लगानी उपसमूह १ दशमलव ८३ अंक, बैंकिङ समूह ५ दशमलव ६३, होटल तथा पर्यटन ९१ द्यशमलव ४७, वित्त ३१ दशमलव ७२, निर्जीवन बीमा १७१ दशमलव ५७, अन्य ३१ दशमलव ५८, जीवन बीमा २०९ दशमलव ३ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य २ अंकले ओरालो लागेको छ ।

त्यस्तै सिनर्जी हाइड्रोपावर, कालिका पावर, घलेम्दी हाइड्रोपावर, युनिभसर्सल पावर, ग्रिनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यसै गरी ङादी ग्रुप अफ पावर ९ दशमलव ८३, सीईडीबी हाइड्रोपावर ९ दशमलव ६३, रैराङ हाइड्रोपावर ९ दशमलव ४५ र माउन्टेन हाइड्रोको शेयर मूल्य ८ दशमलव ८४ प्रतिशतले बढेको छ । तर, लक्ष्मी इक्विटी फन्ड ६ दशमलव ९८, चन्द्रागिरी हिल्स ३ दशमलव ८६, कुमारी इक्विटी फन्ड ३ दशमलव ५५, नारायणी डेभलपमेन्ट बैंक ३ दशमलव १५ र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव १४ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्