हेल्दी स्माइल ओमकार डेन्टलमा कार्यरत ३ जना पक्राउ



काठमाडौं, (नेस) ।

गैरकानुनीरूपमा राजधानीको चावहिलस्थित हेल्दी स्माइल ओमकार डेन्टल होम प्रालिमा कार्यरत दुईजना भारतीय र एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले नेपाल मेडिकल काउन्सिलबाट अनुमति नलिई बिरामीहरूको शल्यचिकित्सा गर्नेजस्ता काम गरेको भन्ने उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

भारतीय नागरिक सौरभ कुमार, डा। रावेतरन्जन कुमार ठाकुर र उक्त डेन्टल होमका सञ्चालक राधाकृष्ण तामाङलाई पक्राउ गरेको छ । बिना इजाजत बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेकाले उनीहरूलाई कारवाहीका लागि नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्