पालिकाले बनाइदियो बीओपी



बैतडी, (नेस) ।

राप्ती सोनारी गाउँपालिकाले वडा नं. ४ को गुरदिनगौरीमा सशस्त्र प्रहरीको बीओपीका लागि भवन बनाइदिएको छ । गुरदिनगौरीमा सशस्त्र प्रहरीको बीओपी अस्थायीरूपमा बस्दै आएको थियो ।

गाउँपालिकाले बनाइदिएको भवनको अध्यक्ष लाहुराम थारूले उद्घाटनपश्चात् बीओपी स्थापनापछि चोरी पैठारी नियन्त्रण हुनुका साथै जनताले शान्तिको महसुस गर्ने बताउनुभयो । उहाँले जनतासँग समन्वय गरेर सम्बन्ध सुमधुर बनाई काम गर्न सशस्त्र प्रहरीलाई आग्रह गर्नुभयो ।

बीओपी भवन उद्घाटनमा ३० नम्बर गणका प्रमुख एसपी अशोककुमार बम र ४२ नम्बर गणका प्रमुख एसपी प्रकाशकुमार सुवेदीको उपस्थिति थियो । बीओपी उद्घाटन कार्यक्रममा एसपी बमले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीले जनतासँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्