डेढ अर्ब बजेट फ्रिज



सुर्खेत, (नेस) ।

जिल्लाका स्थानीय तहको बजेटअन्र्तगत आव २०७७/७८ मा २२ प्रतिशत बजेट फ्रिज भएको छ । असार महिनाको अन्तिमको खर्चलाई हेर्दा २२ प्रतिशत अर्थात १ अर्ब ४५ करोड ८५ लाख ५४ हजार रकम फ्रिज भएको हो ।

त्यस्तै चालूतर्फ ५८ करोड १७ लाख ५७ हजार र पुँजीगततर्फ ८७ करोड ६२ लाख ७९ हजार रुपियाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ । कोष नियन्त्रक मदन मगरातीका अनुसार संघ सरकार मातहतका कार्यालय र प्रदेश सरकार मातहतका कार्यालयहरुको वाहेकको हो । प्रदेश मातहतका कार्यालयको निकाशा छुट्टै कार्यालय प्रदेश लेखा नियन्त्रक कार्यालयले दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्