बैंकमार्फत सामाजिक सुरक्षाभत्ता



हुम्ला, (नेस) ।

हुम्ला जिल्लाको अदनचुरी गाउँपालिकाले आफ्नो सेवा क्षेत्रभित्रका लाभग्राहीलाई बैंकमार्फत सामाजिक सुरक्षाभत्ता भुक्तानी दिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्नू भनेअनुसार बैंकमार्फत भुक्तानी दिएको हो ।

सामाजिक सुरक्षाभत्ता भुक्तानी गर्ने पहिलो १ नम्बर वडाले भुक्तानी गरेको वडा अध्यक्ष रग थापाले जनकारी दिनुभयो । जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका नागरिक र क्षेत्र तोकिएका बालबालिकाहरुका लागि बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा खाताखोलेअनुरुप सामाजिक सुरक्षाभत्ता रकमजम्मा गरिएको गाउँपालिकाका अध्यक्ष दल फडेराले बताउनुभयो ।

जेष्ठ नागरिक ७० वर्ष माथिलाई १२ हजार, ६० वर्ष माथिलाई र एकल महिलालाई ८ हजार, अपांगता भएका नागरिकलाई ६४ सय र बालबालिकालाई १६ सयका दरले बैंकमा जम्मा गरिएको उहाँको भनाइ छ ।

आर्थिक बर्ष २०७७/७८ को पहिलो किस्ताको रकम २ सय ८५ जनाको १२ लाख ६ सय १३ रुपियाँ जम्मा भइसकोको र दोस्रो, तेस्रो किस्ताको पनि जम्मा गर्ने तयारी भइरहेको ग्लोबल आईएमई बैंकका प्रबन्धक रमेशकुमार रावलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्