नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं, (नेस) ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक दोहोरो अंकले घटेको छ । यस दिन नेप्से १५ दशमलव ११ बिन्दुले घटेर ३०७९ दशमलव ८३ बिन्दुमा ओर्लेको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख रुपियाँ पुगेको छ ।

कुल २१७ कम्पनीको २ करोड ६० लाख ४० हजार कित्ता १० अर्ब ९० करोड ५८ लाख ३० हजार रुपियाँमा कारोबार भएको छ । यस दिन कारोबार भएका १३ समूहमध्ये होटल तथा पर्यटन ४५ दशमलव ४१ र विकास बैंक समूह ५३ दशमलव ४ अंकले बढेको छ । यस्तै बैंकिङ समूह १० दशमलव ४४, व्यापार समूह ४ दशमव ४२, जलविद्युत् समूह २८ दशमलव ४३, वित्त समूह ५३ दशमलव ८२, निर्जीवन बीमा समूह ६९ दशमलव ५७, उत्पादन समूह ५३ दशमलव ३, अन्य समूह १२ दशमलव ८२, लघुवित्त समूह ४ दशमलव ९७, जीवन बीमा समूह ८६ दशमलव ५५, सामूहिक लगानी कोष शून्य दशमलव शून्य ३ र लगानी १ दशमलव ३७ अंकले घटेका छन् । यस दिन कारोबार रकमका आधारमा गुडविल फाइनान्स अगाडि छ । सो कम्पनीको ३३ करोड ९२ लाख ५६ हजार रुपियाँको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरी २९ करोड ४४ लाख ३७ हजार, युनाइटेड मोदीको २५ करोड ४३ लाख १५ हजार, हिमालयन जनरल इन्स्योरेन्सको २४ करोड ७५ लाख ८ हजार र रिडी हाइड्रोपावरको २२ करोड ४२ लाख ६४ हजार रुपियाँको कारोबार भएको छ ।

बिहीबार रिडी हाइड्रोपावरको ९ दशमलव ९५, जीवन विकास लघुवित्तको ८ दशमलव २२, सप्तकोशी डेभलपमेन्ट बैंकको ७ दशमलव ६५, युनाइटेड इदी मदी हाइड्रोपावरको ७ दशमलव ५५ र चन्द्रागिरि हिल्सको शेयर मूल्य ६ दशमलव शून्य ५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै गुडविल फाइनान्स, माउन्टेन हाइड्रो नेपाल, जानकी फाइनान्स, जोशी हाइड्रो पावर र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्