अर्थले सोध्यो बोर्डका अध्यक्षसँग स्पष्टीकरण



काठमाडौं, (नेस) ।

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगानालाई स्पष्टीकरण सोधेको छ । बोर्डका अध्यक्ष ढुंगाना र उहँँको परिवारले साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीसँग मिलेमतोमा भित्री कारोबार गरेको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बुधबारदेखि लागू हुने गरी तीन दिनभित्र स्पष्ट गरी पठाउन भनेको छ । पत्रमा भनिएको छ–‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका बोर्डसँग सम्बन्धित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएकाले उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थ के हो, सो को स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपस्थित गराइदिनुहुन आदेशानुसार अनुरोध छ ।’ बुक बिडिङ प्रणालीबाट शेयर बिक्री गर्न लागेको कम्पनीको शेयर धितोपत्रको नियमविपरित ढुंगानाले आफ्नो छोरीको नाममा शेयर खरिद गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्