डीआईजी श्रेष्ठको अवकाश वैध ठहर



काठमाडौं, (नेस) ।

प्रवीणकुमार श्रेष्ठको डीआईजी पदको म्याद बढाउने गरी अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासले डीआईजी श्रेष्ठको पदको म्याद बढाउन अस्वीकार गरेको हो ।

डीआईजी श्रेष्ठले आफूलाई अवकाश हुने म्याद बढाएर पनि पछि सो निर्णयलाई लुकाएर म्याद नबढाई आफूलाई अवकाश दिएको दाबी गरी सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । सर्वोच्चले पाँच दिनअघि श्रेष्ठलाई अवकाश दिएको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

सो आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा बुधबार सर्वोच्चमा छलफल भएको थियो । सो छलफलपछि सर्वोच्चले अन्तरिम आदेश दिन नमिल्ने फैसला गरेको हो । अन्तरिम आदेश नदिइएपछि श्रेष्ठको अवकाश अब वैध भएको छ ।

प्रतिक्रिया दिनुहोस्