योजना आयोगको उपाध्यक्षमा पौडेल



काठमाडौं, (नेस) । 

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

त्यस्तै आयोगको सदस्यमा डा. रामकुमार फुयाँल र डा. दिलबहादुर गुरुङलाई नियुक्त गरेको छ । गुरुङ यसअघि पनि सदस्य थिए। उनी दोहोरिएका हुन् । काठमाडौं विश्वविद्यालयमा भिजिटिङ एसोसिएट प्रोफेसरका रुपमा कार्यरत पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट एग्रिकल्चर एन्ड रिसोर्स इकोनोमिक्समा विद्यावारिधी गर्नुभएको छ ।

उहाँसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), युलेन्स एजुकेसन फाउन्डेसन, सानिमा मिडिल तमोर हाइड्रोपावर, सानिमा बैंकलगायतका संस्थामा काम गरेको अनुभव छ । पौडेलले संक्षिप्त प्रतिक्रिया दिँदै कोरोनाका कारण प्रभावित अर्थतन्त्रलाई चलायमान गराउन भूमिका खेल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्