अटो लोनमा ५ वर्षसम्म एनएमबि बैंकको एउटै ब्याज



काठमाडौं, (नेस) ।

एनएमबि बैंकले प्रतिवर्ष ८ दशमलव ४९ प्रतिशत ब्याजदरमा अटो लोन २४ घण्टाभित्र प्रवाह गर्ने भएको छ । बैंकले पाँच वर्षसम्म एउटै ब्याजदर रहने गरी यो योजना अघि ल्याएको जनाएको छ । विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ ।

एनएमबि बैंकले १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्