तामाकोसी पाँचौलाई लगानी जुट्यो



sf7df8f}F, !) ;fpgM lqkIfLo ;dembf/Lkq x:tfIf/kl5 kmfOn cfbfgk|bfg pmhf{, hn;|f]t tyf l;FrfOdGqL kDkmf kDkmf e”;fnsf pkl:yltdf g]kfn ljB”t k|flws/0f, tfdfsf]zL hnljB’t sDkgL lnld6]8 / sd{rf/L ;~ro sf]ifaLr tfdfsf]zL kfFrf}F hnljB’t cfof]hgf lgdf{0fsf nflu C0f ;DaGwdf lqkIfLo ;dembf/Lkq x:tfIf/kl5 kmfOn cfbfgk|bfg ub}{ . tl:a/ M k|bLk/fh jGt÷/f;;

नेपाल समाचारपत्र, काठमाडौं  ।

तामाकोसी पाँचौ जलविद्युत् आयोजनाका निम्ति लगानी जुटेको छ । ९९ दशमलव ८ मेगावाट क्षमताको सो आयोजना निर्माणका निम्ति लगानी गर्न त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएसँगै लगानीको स्रोत जुटेको हो ।

निर्माणको अन्तिम चरणमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको क्यास्केड आयोजनाका रूपमा रहेको तामाकोसी पाँचौको१६ अर्ब १९ करोड रुपियाँअर्थात १३ करोड ७२ लाख अमेरिकी डलर अनुमानित लागत रहेको छ । यस आयोजनामा कोषले ७० प्रतिशत अर्थात् ११ अर्ब ३३ करोड रुपियाँऋण लगानी गर्नेछ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको आयोजनाको बाँकी रकम सर्वसाधारणलाई समेत शेयर निष्काशन गरी तथा स्वपुँजीबाट जुटाइने भएको छ । तामाकोसी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकाले आयोजनाको लागत सस्तो रहेको छ । अहिले माथिल्लो तामाकोसीको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यकपर्ने गेट जडान भइसकेको छ । अब आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युत गृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना भने निर्माण गर्नुपर्ने छ ।

नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत् कम्पनी र कर्मचारी सञ्चय कोषबीच एमओयूमा हस्ताक्षर भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधान र कोषका प्रशासक तुलसीप्रसाद गौतमले एमओयूमा हस्ताक्षर गर्नु भएको छ । विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेको आयोजनाले विद्युत उत्पादनको अनुमति २०७४ को जेठमै पाइसकेको छ । चीनको अगुवाइमा स्थापना भएको एसियन इन्फ्रास्ट्रक्चर लगानी बैक ९एआईआईबी० को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ । आयोजनाको अहिले निर्माण पूर्वका काम भइरहेका छन् । आयोजनाको निर्माण २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्