वित्तीय विवरण प्रकाशित गर्न म्याद थप



काठमाडौं, (नेस) ।

गत आर्थिक वर्षको चौथो वित्तीय विवरण प्रकाशित बैंक तथा वित्तीय संस्थाहरू नेपाल राष्ट्र बैंकले १५ दिन म्याद थप गरिदिएको छ । असार मसान्तसम्मको वित्तीय विवरण साउन १५ गतेसम्म प्रकाशित गर्नुपर्नेमा अब साउन मसान्तसम्म प्रकाशन गर्दा हुने पर्ने छ । त्रैमास सकिएको १५ दिनेभित्र राष्ट्रिय दैनिक पत्रिकामा वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको थियो । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त संस्थालाई जारी गरिएको निर्देशन, २०७७ मा संशोधन गरी उक्त व्यवस्था थप गरेको हो ।

कोरोना कहरका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई यसप्रकारको सहुलियत प्रदान गरेको हो । मौद्रिक नीति आउन ढिला भइरहेको अवस्थामा राष्ट्र बैंकले यस्तो नीति ल्याएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरणसम्बन्धी गत वर्षको व्यवस्थालाई निरन्तरता दिएको छ । अब बैंकहरुले असार मसान्तसम्मको खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म नगद लाभांश घोषणा तथा वितरण गर्न पाउनेछन् । तर, यस्तो नगद लाभांश असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुनहुने छैन । साथै खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न पाउने छैनन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अर्को सहुलियत पनि प्रदान गरेको छ । जसमा २०७८ असार मसान्तभित्र असुल हुनुपर्ने ब्याज २०७८ भदौ १५ गतेभित्र प्राप्त भएमा त्यस्तो रकमलाई २०७८ असार मसान्तको आम्दानीमा लेखाङ्कन गर्न सक्ने व्यवस्था गरेको छ । यो व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाको अघिल्लो आर्थिक वर्षको आम्दानी बढी देखिने छ ।

प्रतिक्रिया दिनुहोस्