सामाजिक सुरक्षा कोषबारे न्यायाधीशको राय बाझियो



काठमाडौं, (नेस) ।

बैंकका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने/नगर्ने भन्ने विवादमा सर्वोच्च अदालतका दुई न्यायाधीशहरूबीच राय बाझिएको छ । न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठबीच राय बाझिएको हो ।

न्यायाधीश केसीले बैंकका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा अनिवार्यरूपमा आबद्ध गराउने गरी जारी गरिएका पत्र तथा निर्णयहरू हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिनुपर्ने राय पेश गर्नुभएको छ भने न्यायाधीश श्रेष्ठले भने हाललाई अन्तरिम आदेश दिनुनपर्ने उल्लेख गर्नुभएको छ ।

कोषले बैंकका कर्मचारीहरू पनि सामाजिक सुरक्षा कोषमा अनिवार्यरूपमा आबद्ध हुनुपर्ने गरी निर्णय गरेको थियो । सो निर्णयविरुद्ध बैंकका कर्मचारीहरूले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

बैंकका कर्मचारीहरूले कोषमा आबद्ध हुँदा आफूहरूले हालसम्म खाइपाई आएको सुविधामा कमी आउने र कोषले दिने प्रतिफल सञ्चयकोषजस्ता निकायले दिनेभन्दा निकै कम हुने उल्लेख गर्दै रिट निवेदनमा यस कोषमा आफूहरूलाई राख्ने गरी भएको निर्णय कानुनविपरीत भएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्