कन्सुलरहरुको डिनमा गोल्छा नियुक्त, चौधरीको बिदाइ



काठमाडौं, नेस । 

नेपालस्थित कन्सुलरहरुको छाता संगठन अनररी कन्सुलर कप्र्स–नेपाल ९एचसीसी–एन० मा नयाँ डिन चयन गरिएको छ । नेपालस्थित मोरक्कोका लागि महावाणिज्यदूत बसन्तकुमार चौधरीको एक वर्षे कार्यकालको समाप्तिसँगै आगामी एक वर्षका लागि एचसीसी–एनको डिनमा लोकमान्य गोल्छा चयन हुनुभएको हो । उहाँ पोल्यान्डका लागि अवैतिनक महावाणिज्यदूत तथा गोल्छा अर्गनाइजेसनका अध्यक्षसमेत हुनुहुन्छ ।

एचसीसी–एनको १४औं ‘चार्टर्ड डे’को अवसरमा तत्कालीन डिन चौधरीले गोल्छालाई पद हस्तान्तरण गर्नुभयो । एचसीसी–एनले प्रत्येक वर्षको जुलाई २३ का दिन ‘चार्टर्ड डे’ मनाउँदै आएको छ । सोही दिन एचसीसी–एन डिनको पद पनि हस्तान्तरण गर्ने प्रचलन रहेको छ । सन् २००७ मा कन्सूलरहरुबीच मित्रवत व्यवहार स्थापना, आपसी समझदारी तथा हित र सदस्यहरुबीच सूचना आदानप्रदान लगायतका उद्देश्य राखी एचसीसी–एन गठन भएको थियो । एचसीसी–एनको पहिलो डिनको रुपमा स्वीडेनका लागि कन्सूल जनरल गजेन्द्रबहादुर श्रेष्ठ चयन भएका थिए । नियुक्तिको हिसाबले वरिष्ठताका आधारमा कन्सूलरहरुले एचसीसी–एनमा डिनको रुपमा काम गर्ने अवसर पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्