उद्योग व्यवसायलाई राहत प्याकेज आउँछ: प्रम



sf7df8f}F % ;fpg M k|wfgdGqL z]/axfb’/ b]pjf,cy{dGqL hgf{bg zdf{nufo a’waf/ sf7df8f}df g]kfn pBf]u kl/;+3sf] !* cf}F jflif{s ;fwf/0f;efsf] pb3f6g ;df/f]xdf ;xefuL x’b}{ . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

नेपाल समाचारपत्र, काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारद्वारा कोरोना महामारीबाट प्रभावित उद्योग व्यवसायलाई राहत प्याकेज ल्याइने तयारी गरिरहेको बताउनुभएको छ ।बुधबार नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सो जानकारी दिनुभएको हो ।प्रधानमन्त्री देउवाले उद्यमी व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श गरी उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने सरकारको तयारी रहेको भन्दै आर्थिक विकास र लगानी प्रवद्र्धनलाई पनि उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी गराउनुभयो । ‘विकासलाई हामीले प्राथमिकता दिएका छौं । तर, त्योभन्दा पहिले आमनागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो, । प्रधानमन्त्रीको भनाइ थियो ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले महामारीका कारण थलिएको अर्थतन्त्रलाई उकास्न निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्ने उल्लेख गर्दै निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धिमा सरकारले सघाउने बताउनुभयो । परिसंघको मेक इन नेपालले आयात प्रतिस्थापनगरी आन्तरिक रोजगारी वृद्धि हुने भन्दै देशैभरी साना उद्योगहरुको विकास गर्नुपर्ने अर्थमन्त्रीले आवश्यकता औंल्याउनुभयो ।२ खर्बभन्दा बढीको कृषि आयातलाई प्रतिस्थापन गर्नु प्रमुख चुनौती रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्न, आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।त्यस्तै परिसंघका संस्थापक अध्यक्ष विनोदकुमार चौधरीले नेपाली कांग्रेस नेतृत्वको सरकारले प्रारम्भ गरेका आर्थिक सुधारका कार्यक्रममले निजी क्षेत्रको लगानी अभिवृद्धि, आन्तरिक राजस्व परिचालनमा योगदान भएको भन्दै बदलिएको वर्तमान परिवेशमा अब दोस्रो चरणका सुधारका कार्यक्रम आउनुपर्नेमा जोड दिनुभयो ।

‘राजनीतिक अस्थिरताले नेपाली अर्थतन्त्रलाई अघि बढ्न दिएन । अब दक्षिण एसियाको सबैभन्दा आकर्षक लगानीयोग्य देश नेपाल रहेको कुरालाई बाहिर ल्याउन जरुरी छ। भारत र चीनका ५० लाख मानिसलाई नेपाल भ्रमण गराउने लक्ष्य लिए वार्षिक ४ लाख रोजगारको क्षेत्रमा आउने जनशक्तिलाई व्यवस्थापन गर्न सक्छौ। हाम्रो जनशक्ति खाडी देश वा भारत पस्नुको कुनै विकल्प छैन। यस्ता युवालाई स्वदेशमै गरिखान दिनुपर्छ।’ चौधरीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्