गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन माग



MJPS / Getty Images

भगवती तिमल्सिना, काठमाडौं (नेस) । 

अहिलेको यस विषम परिस्थितिमा विश्व नै कोरोना भाईरस संक्रमणबाट आक्रान्त भएको हामी सबैलाई थाहा नै छ । यस घातक रोगबाट बच्ने उपायहरु भनेको यसको विरुद्ध प्रयोग गरीने भ्याक्सिन नै हो । नेपाल सरकारले यस्तो परिस्थितिमा पनि विभिन्न देशहरुबाट खोपहरु आयात गरी विभिन्न लक्षित समूहहरू पहिचान गरी सोही अनुसार भ्याक्सिन लगाइरहेको सन्दर्भमा सरकारलाई धन्यवाद दिन चाहन्छ ।

नेपालमा पनि विभिन्न अध्ययनहरुमा गर्भवती महिलाहरुमा पनि कोरोना भाईरस संक्रमण फैलीरहेको देखाइरहेको छ । गर्भवती महिलाहरुमा यस संक्रमणले अझै गम्भीर रुप देखाइरहेको छ । यसबाट गर्भवती महिलाहरुमात्र नभई उहाँहरूको गर्भमा रहेको शिशुलाई समेत असर पर्न सक्ने देखिन्छ ।गर्भवती महिलाहरुमा भ्याक्सिनको प्रयोगबारे ठ्याकै कुनै निर्देशिकाहरू नभएपनि विभिन्न देशमा स–सानो रुपमा गरिएका अध्ययनहरूले यसलाई गर्भवती महिलाहरुमा पनि प्रयोग गर्न सकिने देखाएको छ। अन्तराष्ट्रिय अध्ययनहरुले हालसम्म अध्ययन अनुसार यस खोपले गर्भमा रहेको शिशुलाई कुनै असर नगर्ने देखाएको छ । गर्भवती महिलाहरुको जीवन रक्षाका लागि खोप अपरिहार्य रहेकोले उनीहरुलाई खोपको प्राथमिकतामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग नेपाल प्रसुती तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग) जोडदार माग गर्दछ । भारत, अमेरिका र बेलायतमा पनि प्रसुति सम्बन्धि चिकित्सकहरूको विभिन्न संस्थाहरुले यसलाई प्रयोग गर्न सुझाव पेश गरिरहेका छन् ।

तसर्थ अब नेपालमा पनि आगामी दिनहरुमा सरकारले भ्याक्सिन दिनको लागि पहिचान गर्ने लक्षित समूहहरुमा गर्भवती र स्तनपान गराइरहेका ( दुइ बर्ससम्मका काखे नाबालक भएका ) महिलालाई समेत तत्काल समेट्न र प्राथमिकतामा राख्न यस नेपाल प्रसुती तथा स्त्रीरोग विशेषज्ञ समाज नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग जोडदार अनुरोध गर्दछ। साथै उहाँहरूका लागि छुट्टै खोप केन्द्रको व्यवस्था गर्नुपर्ने नेसोगको सुझाव छ । नेसोगका अध्यक्ष प्रा.डा.गणेश दंगालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्