आधा अनुदानमा ६९ कृषि मेसिनरी



हेटौंडा, नेस । 

मकवानपुरगढी गाउँपालिकाले कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीलाई विभिन्न कृषि यन्त्र-उपकरणहरु हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७-७८ को कार्यक्रमअनुसार कृषि यान्त्रिक उपकरण अनुदानअन्तर्गत् कार्यक्रम सञ्चालन गरिएको थियो ।

कृषि यन्त्र-उपकरणअन्तर्गत् कल्टिभेटरसहितको ठूलो ट्रयाक्टर २ वटा, मिनिटिलर २७ वटा, मकै छोडाउने मेसिन २० वटा र हातले मकै रोप्ने मेसिन २० वटा गरी ६९ कृषि मेसिनरी प्रदान गरिएको हो । ५० प्रतिशत अनुदानमा मेसिनरी कृषक, कृषि फार्म, समूहलाई ती उपकरण बितरण गरिएको छ ।

कार्यक्रमबाट ५ वटा कृषि सहकारी, १६ वटा कृषक समूह र १२ वटा कृषि फर्मसहित कृषकहरु लाभान्वित भएको पालिका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा पालिका उपाध्यक्ष हर्कमाया रुम्बा, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडाध्यक्ष तथा पालिका कर्मचारी र कृषकको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्