राष्ट्र बैंकको मोबाइल एप सार्वजनिक



 

काठमाडौं, नेस ।

 नेपाल राष्ट्र बैंकले मोबाइल एप सार्वजनिक गरेको छ । मंगलबार आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गर्नुभयो ।

बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिनेछ । मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।

उक्त एप हालको निम्ति ‘बेटा भर्सन’ मा उपलब्ध छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिनेछ । हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिब सिस्टम रहेको मोबाइलमा उपलब्ध हुनेछ । उक्त एपलाई क्रमिक रूपमा आइओएस अपरेटिब सिस्टममा समेत विस्तार गरिने राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्