लक्ष्मी बैंकको नयाँ शाखा धनुषाको महेन्द्रनगरमा



काठमाडौं, (नेस) । 

लक्ष्मी बैंकले आफ्नो १३१आंै शाखा धनुषा जिल्लाको क्षिरेश्वरनाथको वडा न. ५ स्थित महेन्द्रनगरमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत् बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १३१ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६० एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ । यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्