भारतको पूर्वी क्षेत्रबाट जीआई प्रमाणित आँप बहराइन निर्यात



इन्डिया न्युज नेटवर्क । 

यसपटक भारतले विश्वका नयाँ देशहरूमा आँप निर्यात गरेको छ । विशेषगरी, भारतले मध्य–पूर्वी देशहरूमा आँप निर्यातलाई बढावा दिएको छ । यसै क्रममा भौगोलिक पहिचानद्वारा (जीआई) प्रमाणित पश्चिम बंगालको मालदा जिल्लाको फजली प्रजातिको आँप बहराइन निर्यात गरिएको हो ।

कृषि र प्रसंस्कृत खाद्य उत्पादन निर्यात विकास प्राधिकरण (एपेडा)अन्तर्गत दर्ता गरिएको डीएम उद्यम, कोलकाताद्वारा यस आँपको निर्यात गरिएको थियो । यो आँप अलजजिरा समूह, बहराइनद्वारा आयात गरेको होे ।यस विकासको घोषणा गर्दै वाणिज्य तथा उद्योग मन्त्रालयले एपेडाले गैरपरम्परागत क्षेत्र र राज्यबाट आँपको निर्यात बढाउन पहल गरिरहेको बताएको छ । आँप निर्यातलाई बढावा दिन एपेडाले भर्चुअल ढाँचामा क्रेता–बिक्रेता भेटघाट र उत्सवको आयोजना गर्दै आएको छ ।केही दिनअघि एपेडाले कतारको दोहामा आँप प्रवद्र्धन कार्यक्रम आयोजना गरेको थियो । नौ प्रजातिका आँप, जीआई प्रमाणित पश्चिम बंगाल र उत्तर प्रदेशका आँपहरू परिवार खाद्य केन्द्रमा प्रदर्शन गरिएको थियो ।

प्रदर्शन गरिएका नौ प्रजातिका आँपमा जीआई प्रमाणित खिरसापति (मालदा, पश्चिम बंगाल), लखनभोग (मालदा, पश्चिम बंगाल),फजली (मालदा, पश्चिम बंगाल), दुसेरी (मलिहाबाद, उत्तर प्रदेश) र आम्रपाली र चौसा (मालदा, पश्चिम बंगाल) र लाङ्ग्दा (नाडिया, पश्चिम बंगाल) समावेश थिए ।यस वर्षको जुन महिनामा बहराइनमा एक साता लामो भारतीय आँप प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा तीन जीआई प्रमाणित खिरसापति र लक्ष्मणभोग (पश्चिमबंगाल), र जरदालु (बिहार) सहित १६ प्रजातिका आँप प्रदर्शनीमा राखिएको थियो ।

बहराइनका १३ व्यवसायी केन्द्रले आँपको बिक्री गरेका थिए । एपेडाअन्तर्गत दर्ता गरिएका निर्यातकर्ताले बंगाल र बिहारका किसानबाट आँप खरिद गरेका थिए ।आँप निर्यातलाई बढावा दिन एपेडाले भर्चुअल ढाँचामा क्रेता–बिक्रेता भेटघाट र उत्सवको आयोजना गर्दै आएको छ । हालसालै उसले जर्मनीको बर्लिनमा आँप उत्सवको आयोजना गरेको थियो ।पहिलोपटक भारतले आँप प्रदेशको कृष्णा र चित्तोर जिल्लाका कृषकबाट प्राप्त गरेका जीआई प्रमाणित बंगनापल्ली र सुवर्ण रेखा प्रजातिका साढे २ मेट्रिक टन आँप निर्यात गरेको छ ।भारतमा आँपलाई ‘फलफूलका राजा’ र पुरानो धर्मशास्त्रका अनुसार कल्पवृक्षको रूपमा पनि चिनिन्छ ।

भारतका प्रायः राज्यहरूमा आ“प उत्पादन हुने गर्दछ । तर, सबैभन्दा धेरै उत्पादन उत्तर प्रदेश, बिहार, आन्ध्रप्रदेश, तेलंगाना, कर्नाटकमा हुने गर्छ ।अल्फोन्सो, केसर, तोतापुरी र बंगनपल्ली भारतबाट निर्यात गरिने प्रजातिहरू हुन् । आ“पको निर्यात मुख्यतया ताजा आँप, आँपपल्प र आ“प स्लाइस गरी तीन रूपमा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्