बाढीले क्षतिग्रस्त तल्लो मोदी १ मा उत्पादन सुचारु



न्युज अफ नेपाल, पर्वत ।

सुन्दरेखोलामा आएको बाढी र पहिरोका कारण क्षतिग्रस्त १० मेघावाट क्षमताको तल्लो मोदीखोला १ जलबिद्युृत आयोजनामा उत्पादन सुचारु भएको छ । क्षतिग्रस्त संरचनामा अल्पकालिन मर्मत गरेर ८ दिन पछि आइतबार राती देखि उत्पादन सुचारु भएको हो।

पर्वतको कुस्मा नगरपालिका –८ दोबिल्लामा सुन्दरेखोलामा आएको बाढीले आयोजनाको डिसेन्डर, नहर लगायतका संरचनामा क्षति पुगेपछि असार २२ गते राती देखि बन्द भएको थियो । डिसेन्डर र नहरमा भरिएको गेग्रान हटाएपछि उत्पादन सुचारु भएको निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो । ‘तत्काल नहरमा पानी हालेर उत्पादन सुचारु गरेका छौ।’ उहाँले भन्नुभयो ‘नहर र अन्य संरचनामा भएको क्षति र मर्मत पानीको सतह घटेपछि शुरु गछौ’

सुन्दरे खोलाको बाढीले आयोजनामा करोडौको क्षति पुगेको दाबी निर्देशक गौतमले गर्नुभयो । सबै क्षतिको बिबरण अहिले नै नआउने भएकाले यकिन गर्न कठिन भएको उहाँको भनाई छ ।

असार २२ गते सुन्दरेखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गमा रोकिएको जीप बगाउँदा सडक स्तरोउन्नतीको काम गरिरहेको लामा कन्स्ट्रक्सनका साईड इन्र्चाज राजाराम आचार्य र चालक इन्द्र थारु बेपत्ता भएका छन भने राजमार्ग छेउका पसलहरु बगाएको छ । कुस्मालाई फलेबास जोड्ने सडक, त्यस नजिकका खेतहरु समेतमा क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्