चिज केन्द्र पुनःसञ्चालन



रसुवा, (नेस) ।

कोभिडका कारण उत्पादन बन्द रहेका रसुवाका चिज केन्द्र पुनःसञ्चालनमा आएका छन् । उत्तरी क्षेत्रको लाङ्टाङ, गतलाङ, चन्दनबारी एवं धुञ्चेलेकमा रहेका चिज उत्पादन केन्द्र असार १ गतेबाट सञ्चालनमा ल्याएसँगै २ हजार १२१ किलो चीज उत्पादन भएको छ ।

चीज उत्पादनको काम वैशाख १ गतेदेखि नै सञ्चालनमा ल्याउने तयारी भए पनि कारोनाबाट धुञ्चे केन्द्र प्रमुख जीतबहादुर जिरेलको निधन र स्थानीय प्रशासनको जारी निषेधाज्ञाले गर्दा उत्पादन कार्य अगाडि बढाउन दुई महिना ढिलाइ भएको हो । सहकर्मीको निधनले त्रसित भएका कर्मचारीको त्रास क्रमशः घट्दै गएको र चौंरी गाईले धेरै दूध दिने समयसमेत भएकाले चिज तथा मखन उत्पादन कार्य तीव्ररूपमा अगाडि बढेको लाङ्टाङ केन्द्रका प्रमुख ग्याल्वो तामाङले बताउनुभयो ।

दुग्ध विकास संस्थानअन्तर्गत यहाँका चार चीज उत्पादन केन्द्रमा दूध आपूर्ति गर्न १ हजार ९ सय चौंरी गाईं रहेका छन् । ती गाईंबाट दैनिक २ हजार १५० लिटर दूध संकलन हुने केन्द्र प्रमुखले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्