एनएमबिको ग्राहकलाई किरानामा क्यास ब्याक



काठमाडौं, (नेस) ।

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई फुडमाण्डुलगायतका स्टोर मा विद्युतीय भुक्तानी गरी समान खरीद गर्दा क्यासब्याक उपलब्ध गराउन समझदारी गरेको छ । एनएमबि बैंकले फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १० प्रतिशत वा ५ रुपियाँसम्म क्यास ब्याक प्रदान गर्ने जानकारी दिएको हो । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया दिनुहोस्