लक्ष्मी बैंकको नयाँ शाखा बूढानिलकण्ठमा



काठमाडौं, (नेस) । 

लक्ष्मी बैंकले १३०औं शाखा बूढानिलकण्ठ–६ स्थित गणेश चोकमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमााझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १३० शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५९ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स्एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्ट पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्