मल नल्याउने कम्पनी कालोसूचीमा



काठमाडौं, (नेस) ।

रसायनिक मल नल्याउने तथा सम्झौतानुसार काम सम्पन्न नगर्ने १५ वटा कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अुनगमन कार्यालयले कालोसूचीमा राखेको हो ।

कार्यालयले चार कम्पनीलाई दुई वर्ष र ११ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ । मंगलबारदेखि लागू हुने गरी प्रहरी प्रधान कार्यालयको सिफारिसमा पूजा ट्रेडिङ एन्ड अर्डर सप्लायर्स हेटौंडा तथा डीएमएस बुट इण्डष्ट्रिज बूढानीलकण्ठ, कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसमा सैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि सामग्री कम्पनीलाई दुई–दुई वर्षका लागि कालोसूचीमा राखेको हो ।

कृषि सामग्री कम्पनीको सिफारिस गरेका दुई कम्पनीले रसायनिक मलको ढुवानी गर्न नसकेपछि कम्पनीले धरौटी रकम जफत गरी कालोसूचीमा राख्न सिफारिस गरेको थियो । यस्तै फ्रेन्ड्स अर्बिट कन्स्ट्रक्सन सर्भिसेज प्रालि कन्काई झापा, हिमालय कन्स्ट्रक्सन प्रालि संखुवासभा, सन्देश सौगात ट्रेड एन्ड सप्लायर्स विराटनगर, चुन फार्मेसी पोखरा, गुरा निर्माण सेवा जुम्ला, अम्बा स्टोर धरान, निरज स्टिल फर्निचर उद्योग लहानलाई एक वर्षका लागि कालोसूचीमा राखिए कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्