ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच समझदारी



काठमाडौं, (नेस) ।

ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने विषयमा समझदारी भएको छ ।

समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नौकुण्ड गाउँपालिकाका विभिन्न ठाउँमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा विभिन्न फलफूलको उत्पादन गर्ने कृषकलाई गाउँपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने गाउँपालिकाले साना किसानलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

बैंकले ७६ जिल्लामा २७३ शाखा, २४२ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्