राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा पुडासैनी



काठमाडौं, (नेस) ।

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम सोमबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यसअघि अध्यक्ष रहनुभएका अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले अध्यक्षको पदबाट बैंक सञ्चालक समिति समक्ष राजीनामा दिनुभएको थियो । पुडासैनी अर्थ मन्त्रालयका राजस्व सचिव हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्