सेञ्चुरी कमर्सियल बैंकका सीईओले दिए राजीनामा, कारण के ?



न्युज अफ नेपाल, काठमाडौँ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीराम गौतमले पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा हुन अझैँ नौ महिना बाँकि रहँदा नै गौतमले राजीनामा दिएका हुन् ।

स्रोतका अनुसार गौतमले अपेक्षा गरिए अनुरुप बैंक चलाउन नसकेपछि कार्यकाल पूरा हुन अघि नै राजीनामा दिएको बताइएको छ । यस अघि माछापुच्छ्रे बैंकमा र इक्रा नेपाल लिमिटेडमा समेत सीईओ भएर काम गरिसकेका गौतममाथि बैंक सञ्चालक समितिले नेतृत्वको कमी भएकै कारण उनले राजीनामा दिएको आरोप लगाएको छ ।

त्यस्तै, गौतमले भने आफू निकट कर्मचारीसँग समितिबाट अनावश्यक तनाव आएकै कारण बाध्य भएर राजीनामा दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्