माथिल्लो सान्जेनमा उपकरण जडान छिट्टै



रसुवा, (नेस) ।

जिल्लाको आमाछोदिङमो गाउँपालिकाको सिम्बु गाउँमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनामा उपकरणहरू छिट्टै जडान हुने भएको छ ।

दुई अर्ब दुई करोड रूपियाँको लागतमा १४ दशमलव ८ मेगावाट उत्पादन गर्ने लक्ष्यसहितको उक्त आयोजनाको प्रायःजसो संरचना पूरा भइसकेको छन् । तल्लो सान्जेन जलविद्युत् आयोजना ४२ मेगावाटको पनि निर्माण भइरहेको आयोजना प्रमुख सुदनसिंह महतले बताउनुभयो । तिलेचे खोलामा १४ मिटर लामो बाँध, एक हजार तीन सय ८० मिटर लामो हेडरेस शुरू, तीन सय ४५ मिटरको पेनस्टक पाइप सुरूङ एवम् पाइपलाई कंक्रिटसमेत निर्माण सम्पन्न भइसकेको छन् । २०७८ भित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ छिट्टै नै उपकरण जडान हुन्छ, आयोजना प्रमुख महतले जानकारी दिनुभयो ।

अहिले अधिकांश उपकरण आयोजनास्थलमा आइसकेको र कोभिडका कारण उपकरण जडान ढिला भएको हो । तल्लो र माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको जडित क्षमता ५७ मेगावाटको रहेको छ । बाढीपहिरो पेट्रोलियम पदार्थको अभाव, भूकम्प र कोभिडको जोखिम जस्ता विविध कारणले गर्दा ढिलाइ भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्