अस्पतालको बिल तिर्न ‘मेगा मेडि कार्ड’



काठमाडौं, (नेस) ।

मेगा बैंक नेपालले आफ्ना ग्राहकलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ ।

ग्राहक बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो अफ्ट्यारो पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ल्याइएको यो सुविधामार्फत मेगा बैंक नेपालका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहनु भएका ग्राहकले न्यूनतम् २० हजारदेखि १ लाख ५० हजार रुपियाँसम्म क्रेडिट कार्ड (इन्स्टा–बाई) सुविधा १८ महिना सम्मको लागि उपभोग गर्न पाइने हुँदा यस व्यवस्थाले ग्राहकलाई उपचारका लागि तत्कालै रकमको जोहो गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकले ग्राहकले आवश्यक कागजपत्र पेश गरेको २ दिनमानै ग्राहकहरुलाई यस सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ । बैंकका डिजिटल तथा ई–बैंकिङ विभाग प्रमुख विश्व सिंहका अनुसार यो सुविधाका लागि प्रक्रियागत शुल्क निःशुल्क गरिएको छ भने क्रेडिट कार्डबापत लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्