म्याद नाघेका वस्तु नष्ट, २५ हजार जरिवानासहित पसल सिल



नेपाल समाचारपत्र, जाजरकोट ।

जाजरकोटमा बजार अनुगमण तीव्ररूपमा भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्याालयको आयोजनामा गरिएको बजार अनुगमणका क्रममा ठूलो परिमाणमा म्याद नाघेका खाद्यय वस्तु नष्ट गरी पसल सिल गरेको हो ।

लामो समयदेखि स्थगित बजार अनुगमन बन्दाबन्दी खुकुलो भएपछि पूर्णता पाएको हो ।सरोकारवाला निकायको टोलीले सदरमुकाम खलंगाको एक पसलमा ठूलो परिमाणमा म्याद नाघेका खाद्यय वस्तु नष्ट गरी २५ हजार जरिवाना गरेको छ । भेरी नगरपालिका चार शान्तिचौतारा मल्ल ब्रर्दस एन्ड सप्लायर्सले म्याद नाघेका खाद्ययवस्तु गोदाममा राखी बिक्री वितरण गरेकोले नगद जरिवाना गर्नुका साथै गोदाम सिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद देवकोटा, प्रहरी निरिक्षक खुमानन्द पाण्डे वडा अध्यक्ष खम्वजंग शाह उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका नायव सुव्वा लोक बहादुर बस्नेतको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले मल्ल ब्रर्दसको गोदामबाट म्याद नाघेका चेवनप्रास १५ पेटी हजमोला १० पेटी अमला तेल तीन पेटी प्रोस्टाईल हेयर तेल पाँच पेटी गुल्कोज डि १८ पेटी डावर लाल दन्त्र मन्जन दुई पेटी रियल जुस एक लिटरवाला आठ पेटी फ्रुटी ब्रस्ट ६१ पेटी, मिठो लिचि जुस ३४ पेटी नष्ट गरेको बताउनुभयो ।

संयुक्त अनुगमण टोलीले गोदाममा म्याद गुर्जेको सामान भेटेपछि पहिलोपटक चेतावनी स्वरुप जरिवाना गरेको बताउँदै म्याद नाघेका सामान बेचेर नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने व्यापारीलाई उपभोक्ता संरक्षण ऐनमा अनुगमनका क्रममा वस्तु फेला परे पाँच हजारमाथि जरिवाना गर्न सक्ने उल्लेख छ ।

अनुगमन टोली खाना खाएर होटलमा वसेको बेला मल्ल ब्रदर्सका प्रोपाइटर कृष्ण मल्लले सामान गाडीमा राखेर भेरी नगरपालिका बोहोरागाउँ पुरयाएका थिए । खाना खाएर पुन चेक गर्ने क्रममा गोदामा रितो देखेपछि उनीसँग बुझ्दा खाद्यवस्तु बोहोरा लिएको स्वीकार गरेका थिए ।

अनुगम टोली बोहोरागाउँ पुगेर कोठामा राखेको सामान सिल गरेको थियो । गोदाममा रहेका सामग्री उत्पादक कम्पनीको रोहवरमा नष्ट गर्ने माग गरेपछि गोदाम सिल नखोलेको सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले बताउनुभयो । पसलकै बचेको म्याद नाघेको सामान नष्ट गरेको उहाँको भनाइ छ ।

मल्ल ब्रदर्स एन्ड सप्लायर्सले चाउचाउ विस्कुट जुस लगाएतका खाख्य वस्तु बिक्रीका लागि कम्पनीले डिलरको मान्यता दिएको छ । वार्षिक एक करोडौको कारोवार गर्ने डिलरले कोरोना महामारीले देश नै लकडाउन भएका कारण सामान सप्लाई गर्न सक्दा लामो समय थन्किएकोले म्याद गएको विक्रि बितरण नगरेको बताउनुभयो ।शान्तिचौतारा बसपार्कमा रहेको गोरख रावतको खाद्य पसल अनुगमन गर्दा म्याद नाघेका सामान सिल गरेको छ । विस्कुट ५६ कार्टुन, सुजी २० किलोका साढे २३ प्याकेट, मासको दाल एक बोरा भेटेको थियो । रावतले कम्पनीको रोहवरमा नष्ट गर्ने भनेपछि प्रशासनले कोठामै सामान सिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्