खेतमा गएका बिकको मृत्यु



तनहुँ, (नेस) ।

बाढीले वनेत डुबाएको हेर्न गएका एक पुरुषको डुबेर मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–८ का ५८ भोजबहादुर बिकको बिहीबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

बिकको शव जागृति टोलको खेतमा स्थानीय देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले खेतमा लडेपछि बाढीको भेलमा डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको बताउनुभयो । विककोे शव पोष्टपार्टमका लागि दमौली अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्