करणीको आरोपमा एक युवक पक्राउ



बैतडी (नेस) ।

महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको शिवनाथ गाउँपालिका चारका रविन भनिने २३ वर्षीय रविन्द्रबहादुर चन्द रहेका छन् ।

महिलाका आफन्तले दिएको किटानी जाहेरीको आधारमा चन्दलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक दर्शन वनड्काले जानकारी दिनुभयो ।

असार १३ गते गोठालोबाट घर फर्किरहेकी स्थानीय २५ वर्षीया महिलामाथि चन्दले जबरजस्तीकरणी गर्न खोजेको आरोप लागेको छ ।
पक्राउ परेका चन्दमाथि जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता भएर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्