एनएमबि बैंकको नयाँ ग्राहक योजना



काठमाडौं, (नेस) ।

एनएमबि बैंकले एनएमबि सापटी २ दशमलव शून्य, एक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा शुरू गरेको छ । जसअन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटल रूपमै गर्न सकिने जनाएको छ । यो नेपालमै पहिलो पटक २४सैं घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता हो ।

यो सेवा बैंकसम्म नगई मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र नै प्राप्त गर्न सकिन्छ । एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताको परिपूर्तिको लागि प्रदान गरिने एक छोटो अवधिको धितो बिनाको कर्जा हो । एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकलाई २४ महिनासम्मको लचिलो अवधिसहित २ लाख रुपियाँसम्म २४सैँ घण्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराइने छ । ग्राहकले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनोट गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्